समाचार

कोरोनाले एकै परिवारका तीन जनाकाे ज्यान लियाे

उदयपुर । कोरोना संक्रमणले एक साता नबित्दै एकै परिवारका ३ जनाको ज्यान लिएको छ । उदयपुर को रौतामाई गाउपालिका – ७ मुर्कुचीकी ७१ बर्षिय तिलमाया मगर को बिहिबार बिहान मृत्यु भएको हो ।  

तीन दिनको फरकमा जेठ १५ गते ४५ बर्षिय साइलो छोरा तुल बहादुर मगर र १८ गते ५० बर्षिय जेठो छोरा पुष्कल मगरको उपचारका क्रममा बिराटनगर स्थित बिराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो । दुबैलाई मदन भण्डारी आँखा अस्पतालको आइसोलेसनमा राखिएको थियो । तर श्वासप्रश्वास का कारण आईसियुको आबश्यक्ता भएकोले बिराटनगर पठाएको जनस्वास्थ्य कार्यालय उदयपुरले जानकारी दिएको छ । 

छोराहरु संगै दुई साता अघि संक्रमित भएकी मगरको बिहिबार बिहान मृत्यु भएको जनस्वास्थ्य प्रमुख मोहन सुबेदीले बताए ।  उनको मदन भण्डारी आँखा अस्पताल को आइसोलेसनमै उपचार हुँदै आएपनि पछिल्लो समय उनकै अनुरोधमा घरमै आइसोिनमा बस्दै आएकी गाउपालिकाकी उपाध्यक्ष कुमारी रानाले बताइन।   उदयपुरमा दोश्रो भेरियन्ट संगै मृत्युु हुनेको संख्या ३७ पुगेको छ ।                           

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट