समाचार

कांग्रेस नेता बस्नेतले जुटाए अक्सिजन प्लान्टका लागि ७० लाख रुपैयाँ

काठमाडौं । पूर्वसञ्चारमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा अक्सिजन प्लान्ट राख्नका लागि ७० लाख रुपैयाँ आर्थिक सहयोग जुटाएका छन् । सुनकोशी गाउँपालिकामा राखिने उक्त अक्सिजन प्लान्ट १० दिनभित्र आइपुग्ने नेता बस्नेतले बताए ।

अक्सिजन प्लान्टका लागि सुनकोसी गाउँपालिकाले ४० लाख, क्षमादेवी ग्रुपका अध्यक्ष राजकुमार बस्नेतले १० लाख, एनसीसी बैंकले १० लाख र तरुण विभागका केन्द्रीय सदस्य पासाङ नोर्बु लामाले १० लाख सहयोग गरेका हुन् ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगैं संक्रमितले अक्सिजन नपाएर ज्यान गुमाएपछि बस्नेतले सिन्धुपाल्चोकमा अक्सिजन प्लान्ट राख्ने घोषणा गरेका थिए । कोरोना संक्रमितको उपचारका लागि बस्नेतले जिल्लामा १ सय बेडको कोभिड उपचार सेवा केन्द्रसमेत बनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट