विचार

जनताले रोग र भोकबाट कहिले उन्मुक्ति पाउँछन् सरकार ?

लोकतान्त्रिक विधिबाट निर्वाचति भएका कम्युनिष्ट नेता खड्गप्रसाद ओली करिव साढे तीन वर्ष अघिदेखि मुलुकको कार्यकारी भूमिकामा छन् । दुई तिहाइ नजिकको मत पाएर सत्तारोहण गरेका ओलीले आफू नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री पद जोगाउन दोश्रो पटक संसद विघटन गरेर निर्वाचन घोषणा गरेका छन् । विघटनको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइको क्रममा छ । राष्ट्रपति र प्रधानमन्त्रीको कदम दोश्रो पटक न्यायिक परिक्षणको चरणमा छ ।

सत्ता रोहण गरेदेखि नै एकपछि अर्को असंवैधानिक कदम चाल्दै आएका प्रधानमन्त्री ओली नेपाली राजनीतिमा यतिबेला सर्वाधिक आलोचनाको पात्र बनेका छन । राष्ट्रिपति विद्यादेवी भण्डारीको दरिलो साथ पाएका प्रधानमन्त्री ओलीले विधि, पद्धति र राज्य सत्ताको चमर दुरुपयोग गरेका कारण उनको सर्वत्र आलोचना भएको हो । ओली आफ्नो सत्ता टिकाउन संविधान र राष्ट्रिय हित विपरित अघि बढेका छन । उनले मुलुकलाई नै असफलतातर्फ धकेलेका छन् ।

नागरितासम्वन्धी अध्यादेश र आर्थिक वर्ष २०७८/०७९ को वजेटको बुँदा नम्बर १९९ लाई हेर्दा ओलीबाट राष्ट्रियता सुरक्षित रहन्न कि भन्ने आशंका उब्जिएको छ । ओलीलाई समयमा सत्ताच्युत गर्न सकिएन भने मुलुकमा राजनीतिक र संवैधानिक संकट उत्पन्न नहोला भन्न सकिन्न । श्रृङ्खलावद्ध रुपमा राजनीतिक संकट निम्त्याएर व्यवस्थामाथि नै संकट निम्त्याउने दिशातर्फ ओलीका गतिविधि सोझिएका छन् । प्रतिगामी शोच र शैली प्रस्तुत गर्दै आएका ओली आफ्नो अभिष्ट पूरा गर्न राज्य सत्ता कब्जा गर्न अग्रसर देखिएका छन् । उनमा तानाशाह बन्ने भुत सवार भएको देखिन्छ ।

चर्को राष्टवाद, रेल, पानी जहाज, घर घरमा ग्यास, गाउँ गाउँमा सिंहदरवार, सुखी नेपाली संमृद्ध नेपालजस्ता लोकप्रिय नारा केबल झुटा भएको कुरा अहिले घामजस्तै छर्लंग भएको छ ।

नेपाली नागरिकले ठूलो आशा र अपेक्षा राखेर तत्कालीन नेकपालाई दुईतिहाई मत दिएर सरकारमा पठाए । सत्ताको तालचाबी हातपारेका ओलीले त्यसको विपरित नेपाली जनताको विश्वास र जनमतलाई धोका दिए । ओली सरकार सञ्चालनको सुरूवातदेखि नै कमिशन, भष्टचार,विधि बिधानको उल्ङघन,कानुनी राज्यको धज्जी उठाउन मै मस्त रहे । चर्को राष्टवाद, रेल, पानी जहाज, घर घरमा ग्यास, गाउँ गाउँमा सिंहदरवार, सुखी नेपाली संमृद्ध नेपालजस्ता लोकप्रिय नारा केबल झुटा भएको कुरा अहिले घामजस्तै छर्लंग भएको छ । प्रधानमन्त्री देखाएका सपनाको उदारहण दिएर साध्य नै छैन ।

सत्ता लोलुपता, आपसी पार्टीको खिचातानी, भष्टाचार र कमिशनको भागबन्डा नमिलेका कारण नेकपाको अन्तिरिक जीवन नै यतिबेला क्षतविक्षत बनेको छ । त्यसको दूरगामी असर देश र जनतालाई पेरेको छ । सत्ताको खेलमा नेपाली जनताका अति संवेदनशील कुरामा समेत ध्यान नदिइ मै राज्य, मै सरकार, मै कानून, मै विधिविधान भन्ने शैलीमा प्रधानमन्त्री प्रस्तुत हुनु लोकतन्त्रको उपहास हो । ओलीको अंकाहारी, दम्भी र निरंकुश र सन्की शैलीले आज देश कोरोना महाब्याधीले नराम्रोसंग गाजिएको छ । नागरिकले नसोचेको मानव बिपत्ती आइपर्दासमेत सरकार संवेदनशील बनेको छैन । जनता रोग र भोकका कारण प्रताडित बनेका छन । महामारीमको मारमा परेका जनताप्रति मानवीय संवेदना सरकारले देखाउन नसक्दा राज्यप्रति नागरिकको वितृष्णा उत्पन्न हुन थालेको छ ।

नागरिकको जीवन रक्षा गर्ने कुराहरूमा त संबेदनशील नहुने संरकारसँग अरू के कुराको आशा राख्न सकिन्छ । महामारीमा सरकारको साथ नपाएका जनता अलौकिक शक्तिमाथि विश्वास गरेर मनोबल दरिलो बनाइरहेका छन ।

सरकार देश र जनताप्रति गैरजिम्मेवार ढंगले प्रस्तुत भएको छ । राज्यको ढुकुटी संचालन गर्ने र जनताको हितका लागि खर्चिने जिम्मेवारी पाएकाहरु नै भष्टाचार र कमिशनको खेलमा लिप्त छन् । महामारिमा घरभित्र जनता थुनिएका जनता अस्पतालमा बेड, अक्सिजन, आइसीयु, भेन्टिलेटर नपाएर मृत्युवरण गर्न बाध्य छन् । जनता कोरोनाविरुद्धको खोपको आशमा छन् । सरकार खोपमा कमिशनको हिसावकिताव गरेर बसिरहेको छ ।

निषेधाज्ञा र महामारीका कारण पीडामा रुमलिइरहेका जनतालाई राहत र पुनस्थापन प्याकेज सरकारले नल्याउँदा उनीहरु दयनीय बन्दै गएका छन् । अफ्ट्यारोमा परेका नागरिकको जीवन रक्षा र भरणपोषण गर्ने दायित्व राज्यको होइन र ? यो बेला कम्युनिष्ट सरकार कहाँ छ ? के यो नागरिकमाथिको धोका भएन र ? सरकारलाई जनताको आशुले पिरोल्दैन ? बहुविध समस्या देख्दा देख्दै बुझ्दा बुझ्दै पनि सरकार बुझपचाएर बसेको छ । महामारी नियन्त्रण र जनजीविकाका विषयमा यो विषयमा गम्भीर नबन्दा नेपाली जनता बिक्षिप्त भएका छन् ।

प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसले महामारी नियन्त्रण र नागरिकलाई रोग र भोकबाट बचाउन पटक पटक आग्रह र अनुरोध गर्दा पनि चीर निद्रामा परेको सरकारको कान खुल्न सकेको छैन । नागरिकको जीवन रक्षा गर्ने कुराहरूमा त संबेदनशील नहुने संरकारसँग अरू के कुराको आशा राख्न सकिन्छ ।

बरालिएको नेपाली राजनीतिलाई लयमा फर्काउनु अहिलेको प्रमुख आवस्यकता हो । कांग्रेसको नेतृत्वमा मात्र मुलुकको राजनीति लयमा फर्कन्छ । राणा, पञ्च र राजा फ्याकेको कांग्रेसलाई ओली नेतृत्वको कम्युनिष्ट सरकार फाल्न कुनै कठिनायी छैन ।
(लेखक नेपाली कांग्रेस क्षेत्र नम्बर १ भक्तपुरका क्षेत्रीय सभापति हुन )

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट