राजनीति

नेपाली कांग्रेस क्षेत्रीय समिति भक्तपुरको ७८ औं वैठक सम्पन्न,दीप प्रज्वलन कार्यक्रमलाई व्यवस्थित बनाउने विषयमा छलफल


काठमाडौं । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ भक्तपुरको वैठक ७८ औंसम्पन्न भएको छ । जुम प्रविधिमार्फत सम्पन्न भएको बैठकले भोली शनिबार भक्तपुरका ३८ वटै वडाभित्रका मन्दिरहरुमा पूजा अर्चनासहित दीप प्रज्वलन कार्यक्रमको तयारीका बारेमा छलफल गरेको हो ।
बैठकमा सहभागी नेताहरुले कम्युनिष्ट सरकारको अलोकतान्त्रिक, असंवैधानिक र अमानवीय गतिविधिको विरोध जनाएको क्षेत्रीय सभापति जीवन खत्रीले जानकारी दिए । बैठकमा संविधान र लोकतन्त्रको रक्षका लागि वर्तनमा प्रधानमन्त्री केपी ओलीको बर्हिगमन आवस्यक भएको खत्रीले औल्याए ।

शनिबार विहान भक्तपुर कांग्रेसले पार्टी सभापति दुर्लभ थापालगायतका कोरोना संक्रमितहरुको स्वास्थ्य लाभको कामना गर्दै पूजाअर्चनासहित दीप प्रज्वलन गर्दैछ । चागुनाराण मन्दिरमा जिल्लाका नेताहरुको उपस्थितिमा दीप प्रज्वलनसहित पूजाअर्चना गर्ने कांग्रेसको तयारी छ । कांग्रेसले पायक पर्ने मन्दिरमा पूजाअर्चना गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट