कला/साहित्य

तन्का कविता

१,
तातो सपना
वाफ भएकी तिमी
आफै रित्तिँदा
अन्त्यहीन आनन्द
चिसो बिपना मात्र ।
२,
बाटो हरायो
छिरेको गुफाभित्र
तिमीले हाँस्दा
खुट्टा नै लर्बरियो
टेक्ने ठाउँ पाइनँ ।
३,
कालो बादल
आँधी भएकी तिमी
च्ट्याङ पर्‍यो
आवाज निस्कियो नै
छताछुल्ल रगत ।
४,
रित्तो फिलामा
राति अबेरसम्म
हात परेछ
तिमीले चलाउँदा
अँध्यारो नै भिजेछ ।
५,
टम्म भएका
जिब्रोले खेलाउँदा
रसिलो ओठ
मुसुक्क तिमी हाँस्दा
आङै सिरिम्ग्ग हुने ।
६,
ओछ्यानभरि
आस्था नै पोखिएछ
भाग्न खोजेकी
तिमी उठेर जाँदा
चिसो बतासे छाया ।
७,
छुने बित्तिकै
अँठ्याएर थचारे
स्वर्गमै घुस्दा
लठारिँदै दौडँदा
आकाशसँगै तिमी ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट