बागमती प्रदेश

कोरोना संक्रमितको स्वास्थ्य लाभको कामना गर्दै भक्तपुर कांग्रेसद्वारा सवाँ लाख दीप प्रज्वलन

भक्तपुर । नेपाली कांग्रेसले भक्तपुरका ३८ वटै वडाभित्रका मन्दिरहरुमा कोरोना संक्रमितहरुको स्वास्थ्य लाभको कामना गर्दै आज पूजा अर्चनासहित सवाँ लाख दीप प्रज्वलन गरेको छ ।

भक्तपुर कांग्रेस क्षेत्र नम्बर १ र २ को आव्हानमा कोरोना संक्रमण जितेकाहरुलाई शुभकामना दिँदै संक्रमितहरुको स्वास्थ्य लाभको कामनाका लागि मन्दिरहरुमा पूजा आर्चना सहित दीप प्रज्वलन गरेको गरिएको हो । दीप प्रज्वलन कार्यक्रमको समापन चाँगुनारण मन्दिरमा गरिएको थियो । दिप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति थियो ।

‘नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापालगायत पार्टीका विभिन्न तह तप्काका नेता कार्यकर्ताहरू एवं स्वदेश विदेशमा रहेएका नेपालीहरू कोरोनाबाट संक्रमित भई स्वास्थ्य लाभ गरिरहेका र संक्रमित भई उपचाररत दिदीबहिनी तथा दाजुभाईहरूमा शीघ्र स्वास्थ्य लाभको कामनाका लागि दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको क्षेत्रीय सभापति जीवन खत्रीले बताए । यसै गरी मृत आत्मको चीरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको उनले बताए ।

कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको अलोकतान्त्रिक र असंवैधानिक कद्मको विरोध गर्दै कोभिड महामारीको नियन्त्रणमा सरकारले पर्याप्त ध्यान दिन नसकेकोमा कांग्रेस नेताहरुले चिन्ता व्यक्त गरे ।

जनता महामारीको चपेटामा परिरहेको समयमा सरकार कुर्सी बचाउन र भ्रष्टाचारमा लिप्त भएको क्षेत्रीय सभापति खत्रीले बताए । नेपाली कांग्रेस भक्तपुरले महामारीको पीडामा परेका विपन्न मानिसहरुलाई आवश्यक सहयोग गर्दै आएको क्षेत्रीय सभापति खत्रीले बताए ।

कोरोना संक्रमण निको हुनुभएकाहरुलाई शुभकामना दिई संक्रमितहरुको स्वास्थ्य लाभको कामना गर्दै ३८ वटै वडामा पुजाअर्चना सहित दीप प्रज्वलन गर्नुहुने कांग्रेसका नेता कार्यकर्तामा सभापति खत्रीले धन्यवाद प्रकट गरे ।

 कार्यक्रममा सहभागीबीच भौतिक तथा सामाजिक दूरी कायम गरिएको र स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गरिएको क्षेत्र नं २ का सभापति नारायण खायमलीले बताए । कार्यक्रममा स्थानीय वडा समिति र भ्रातृसङ्गठनका पदाधिकारी र कांग्रेसका शुभेच्छुक तथा शुभचिन्तकको सहभागिता रहेको थियो ।    

भक्तपुरका दुवै क्षेत्रका क्षेत्रीय सभापतिहरु जीवन खत्री र नारायणभक्त खायमलीले बुधबार संयुक्त विज्ञप्ति जारी गरेर भक्तपुर जिल्लाका ३८ वटै वडाका पायक पर्ने मन्दिरमा पूजाअर्चना गर्न अनुरोध गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट