राजनीति

बर्खास्तीमा परेका प्रदेश २ का मन्त्री सोनलले छाडे क्वार्टर, मोटरसाइकलमै बाहिरिए

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आइतबार राति चार मन्त्रीलाई बर्खास्त गरी मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीमा देखिएको विभाजनको असर प्रदेश २ मा परेको हो ।

प्रधानमन्त्री केपी ओलीले जसपाको महन्थ ठाकुर पक्षलाई सरकारमा सामेल गरेपछि प्रदेश २ मा सो पक्षका चार मन्त्रीलाई बर्खास्त गरिएको हो ।

मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डा. डिम्पल झा, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई पदमुक्त गरेका हुन्।

सरकारमा रहेर सन्तोषजनक काम नगरेकाले एक मन्त्री र तीन राज्यमन्त्री गरी चारजनालाई बर्खास्त गरिएको जनाइएको छ। आफू बर्खास्तमा परेको खबर मन्त्रीहरूले सुतेकै बेला पाएका थिए । सोमबार बिहानै जितेन्द्र सोनलले मन्त्रीक्वार्टर छाडेका छन् । उनी मोटरसाइकलमा एउटा ब्रिफकेस बोकेर बाहिरिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट