देश

राखेप परिसरमा अक्सिजनसहित १० बेडको कोरोना उपचार केन्द्र स्थापना गर्ने कांग्रेस नेता बस्नेतको घोषणा

काठमाडौं । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको हाताभित्र अक्सिजनसहित १० बेडको कोरोना उपचार केन्द्र स्थापना हुने भएको छ । नेपाली कांग्रेस खेलकुद विभागले लोकतान्त्रिक खेलकुद संघको सहकार्यमा यस्तो घोषणा गरेको हो ।

कांग्रेस केन्द्रीय सदस्य एवं विभाग प्रमुख मोहनबहादुर बस्नेतले सोमबार विज्ञप्ति जारी गरेर खेलाडी र प्रशिक्षकहरूलाई सहयोग पु¥याउने काम यथाशीघ्र सञ्चालनमा ल्याइने जनाएका छन् । खेलाडीहरूको मनोबल उच्च राख्न यस्तो निर्णय गरेको उनको भनाइ छ ।

‘राष्ट्रको गहनाको रुपमा रहेका खेलाडीहरूको मनोवल उच्च राख्न र थोरै भए पनि उपचार पद्धतिमा सहज बनाउने उद्देश्यले खेलाडीहरूको आवश्यक्ता र खेलप्रेमीहरूको चाहनालाई ध्यानमा राखी नेपाली कांग्रेस खेलकुद विभाग र लोकतान्त्रिक खेलकुद संघको संयुक्त प्रयासमा त्रिपुरेश्वरस्थित खेलकुद परिषदकै हाताभित्र अक्सिजनसहित १० बेड राखेर कोरोना उपचार केन्द्र स्थापना गर खेलाडी र प्रशिक्षकहरूलाई सहयोग पुर्‍याउने काम यथाशीघ्र सञ्चालनमा ल्याइने कुरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गर्दछु,’ बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दोस्रो चरणको कोरोनाको लहर अत्यन्तै डरलाग्दो अवस्थामा रहेको भन्दै खेलाडी र प्रशिक्षकहरूलाई कोरोना संक्रमणबाट बचाउन तथा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले उपचार केन्द्र बनाउन लागेको विज्ञप्तिमा जनाइएको छ ।

नेता बस्नेतकै पहलमा यसअघि १३औँ साग खेलकुदमा स्वर्ण पदक विजेता खेलाडी नगदसहित सम्मान र पुरस्कृत भइसकेका छन् । टोकियो २०२० ओलम्पिक छनोट भएका खेलाडी तथा प्रशिक्षकहरूको कोरोना बीमा पनि खेलकुद विभागले गरेको थियो । कोरोनाका बेला उपचारमा रगत अभाव नहोस् भनेर खेलकुद विभागले ३५ जिल्लामा रक्तदान कार्यक्रमको आयोजना पनि गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट