समाचार

सामाजिक सञ्जालमा शिक्षकहरुको मानमर्दन गर्दै आएका वडा सचिव गिरीले मागे माफी

संखुवासभा । चैनपुर नगरपालिका वडा नंं ३ का वडा सचिव अनिल गिरीले सामाजिक सञ्जालमा मानमर्दन लाई वेवास्ता गरी विभिन्न भनाइहरु पोष्ट गरेकोमा अब त्यस्तो कार्य नगर्ने भन्दै सार्वजनिक रुपमा माफी मागेका छन् ।


कोभिड खोपको विषयलाई लिएर नेपाली शिक्षकहरुको पेशागत आन्दोलनमा धावा बोलेको भन्दै चैनपुर नगरपालिका वडा नं. ३ मा कार्यरत वडा सचिव गिरीले सामाजिक सञ्जाल फेसबुकमा शिक्षकको मनोवल घट्नेगरी पटक पटक पोष्ट गरेको भन्दै सोमबार वडा कार्यालयमा वडा नंं ३ का वडाध्यक्ष बलबहादुर अधिकारीको रोहबरमा संघ संगठनका शिक्षक नेताहरु, सुरक्षाकर्मी लगायतको उपस्थितिमा सार्वजनिक माफी मागेको चैनपुर नगर शिक्षक संगठनका सचिव टेक बहादुर श्रेष्ठले बताए ।


सचिव गिरीले आगामी दिनमा सामाजिक सञ्जालमा यस किसिमको नकारात्मक सदेश दिने सूचना पोष्ट नगरर्ने भन्दै सार्वजनिकमा लिखित रुपमा माफी मागेका थिए । राष्ट्रभरीकै शिक्षकमाथि मानमर्दन हुने गरी पोष्ट गरेको भनाइले सचिव गिरीलाई प्रश्नको उत्तर दिन तयार हुन समेत उपस्थित शिक्षकले आग्रह समेत गरेका थिए । सचिव गिरीले आफुले ठूलो गल्ती गरेको भन्दै अब आइन्दा यस किसिमको गल्ती नर्गने प्रतिवद्धता समेत जाहेर गरेका छन । त्यस पछि उनले सामाजिक सञ्जाल मार्फत पनि माफी मागि सकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट