समाचार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री विश्वासको मत लिँदै, आवश्यक परेमा मत दिने कांग्रेस निर्णय

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिन प्रस्ताव पेस गरेका छन् । प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम उनले प्रदेश सभामा प्रस्ताव पेस गरेका हुन् ।

सोमबार नै विश्वासको मत लिने तयारी भए पनि नियमले नमिल्ने भएकाले मंगलबारका लागि सारिएको थियो । प्रदेशसभाको नियमअनुसार दर्ता गरेको ४८ घण्टा पुग्नुपर्ने नियम छ ।

सुदूरपश्चिममा एमालेको समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार रहेकामा स्थायी कमिटी बैठकले समर्थन यही जेठ १० गते फिर्ता लिएसँगै मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन् । एमालेको माधव नेपाल पक्षले भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । तर, ओली पक्षले भने नदिने भएको छ । माधव नेपाल पक्षमा १७ सांसद रहेको बताइएको छ ।

५२ सदस्य रहेको प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । कांग्रेसले भने आवश्यक पर्दा मत दिने गरी तटस्थ बस्ने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट