राजनीति

दीपक मनांगेले मुख्यमन्त्री गुरुङलाई मत नदिने, बरु मन्त्री पदबाट राजीनामा दिने

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत लिँदै छन्। दिउँसो १२ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने कार्यतालिका छ।

तर, त्यसअघि नै राजनीतिक घटनाक्रम अर्कै ढंगले बढ्ने देखिएको छ । किनभने राजमोका सांसद कृष्ण थापाको सांसद पद थमौतीविरुद्ध सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । सम्भवतः सर्वोच्चले उनी पदमुक्त भएको फैसला सुनाउने विपक्षी दलहरू बताउँछन् ।

तर, मुख्यमन्त्री गुरुङलाई संकट उनकै पार्टी एमालेका माधव नेपाल पक्षीय एक सांसद र दीपक मनांगेबाट हुने देखिएको छ । मनांगेले बरु मन्त्री पद छाड्ने गुरुङलाई विश्वासको मत नदिने बताइसकेका छन् । मुख्यमन्त्री गुरुङ भने आफूलाई विश्वासको मत नआए संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने मनस्थितिमा छन् ।

गण्डकीमा ६० जना प्रदेश सभा सदस्य रहेकोमा विश्वासको मतका लागि ३१ मत आवश्यक पर्छ। अरु दलले साथ नदिने र एमालेसँग जम्मा २७ सदस्य रहेकोले मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन कठिन देखिएको छ। कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका दुई र राष्ट्रिय जनमोर्चाका तीन सांसद गरी ३२ जना सदस्य छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट