देश

सर्वोच्चको आदेशलाई चुनौती दिँदै ओलीले थपे आठ मन्त्री, आजै सपथ

काठमाडौं । सर्वोच्च अदालतको आदेशलाई चुनौती दिँदै प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । ओलीले सात मन्त्री र एक राज्यमन्त्री नियुक्ति गर्न लागेका हुन् ।

सर्वोच्चले केही दिनअघि सरकारलाई मन्त्री नियुक्ति गर्नुपर्ने कारणबारे असार ९ गते लिखित कारणसहित पेस गर्न आदेश दिएको थियो । तर, सर्वोच्चको आदेश लत्याउँदै ओलीले नारदमुनि राना वनमन्त्री, मोहन बानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खगराज अधिकारी, गृहमन्त्री, नैनकला थापा, सन्चारमन्त्री, ज्वालाकुमारी साह, कृषिमन्त्री, राजकिशोर यादव उद्योगमन्त्री, गणेश पहाडी, सामान्य प्रशासनमन्त्री र आशा विकलाई वनराज्यमन्त्रीमा नियुक्त गर्ने भएका हुन् ।

नवनियुक्त मन्त्रीहरूको आजै अपराह्न ४ बजे सपथ कार्यक्रम रहेको छ । यसपटक ओलीले रामबहादुर थापा बादलकी श्रीमती नैनकला थापालाई सञ्चारमन्त्री नियुक्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट