समाचार

बिएन्डसीलाई अवैध रुपमा सम्बन्धन दिन लागेको विरोधमा प्रदर्शन, ६ जना पक्राउ

काठमाडौ । झापास्थित प्रस्तावित बिएन्डसी मेडिकल कलेजलाई अवैध रुपमा सम्बन्धन दिन लागेको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ। सोलिडारिटी फर डा केसी अलायन्सले प्रदर्शन गरेको हो।

प्रदर्शनमा अलायन्सका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। अलायन्सका अभियन्ताहरु छिरिङ तामाङ, सचिन तिमल्सेना, लोकेश कुँवर, चेतन बुढाथोकी, साजन तामाङ र शशि विक्रम कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

अलायन्सले पक्राउ परेका सबैलाई विनाशर्त रिहा गर्न माग गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक राखेर अवैध रुपमा बिएन्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिन खोजेको भन्दै अलायन्सले विरोध प्रदर्शन गरेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट