राजनीति

गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सकेनन् । । विश्वासको मत लिन नसकेसँगै गुरुङ नेतृत्वको सरकार ढल्यो । ६० सदस्यीय प्रदेशसभामा ५८ जना सहभागी थिए । त्यसमध्ये ५७ जनाले मतदान गरेका थिए । मुख्यमन्त्री गुरुङको पक्षमा २७ मत परेको थियो भने विपक्षमा ३० मत परेको सभामुख नेत्रनाथ अधिकारीले घाेषाणा गरेका थिए ।

मुख्यमन्त्री गुरुङले वैशाख २९ गते प्रदेशको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले दोस्रोपटक मुख्यमन्त्री पदको सपथ लिएका थिए ।

मुख्यमन्त्रीको दल नेकपा एमालेसँग २७ सांसद छन् । उनलाई पार्टीको सबै मत प्राप्त भयो । प्रदेशसभामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२ , राष्ट्रिय जनमोर्चाको ३, जनता समाजवादी पार्टीका २ जना सांसद छन् । तीमध्ये जनमोर्चाका सांसद कृष्ण थापा विपक्षी गठबन्धनभन्दा अलग भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट