राजनीति

३९ महिनामा १९ पटक मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले पदभार ग्रहण गरेको ३९ महिनामा १९ पटक मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । प्रतिनिधिसभा भंग गरेर चुनाव घोषणा गरेका प्रधानमन्त्री ओलीको वैधानिकता सर्वोच्च अदालतमा परिक्षण भइरहेका बेला नै उनले दुई पटक मन्त्रीपरिषद् पुनर्गठन गरिसकेका छन ।

स्थिर सरकार र समृद्धिको नारा दिएर दुई तिहाइ नजिकको जनमत पाएका प्रधानमन्त्री ओली पदभार ग्रहण गरेको तीन वर्ष नबित्दै कामचलाउ हैसियतमा पुगे । आफ्नै दलभित्रका नेताहरुलाई चिड्याएर ओलीको त्यो हविगत बन्न पुग्यो । २०७४ फागुन ३ गते प्रधानमन्त्रीको पदभार ग्रहण गरेका ओलीले सत्तालाई केन्द्रमा राख्दा व्यवस्था नै धरापमा परेको आशंका नेपाली जनताले गर्न थालेका छन ।

विकास, समृद्धि, स्थिरता, शुशासन र पारदर्शीताको नारा दिएर नथाक्ने प्रधानमन्त्री ओलीको शासन मुलुक र मुलुकबासीका लागि सबैभन्दा दुर्भाग्यपूर्ण बन्यो । भ्रष्टाचारीको मुख हेर्दिन भन्ने प्रधानमन्त्री कै पालमा मुलुककले थेग्ने नसक्ने खालका भ्रष्टाचार र कमिशन काण्डहरु बाहिरिए । जसले प्रधानमन्त्रीको मात्र हाइन, नेपाली जनताकै नुर गि-याे ।

प्रधानमन्त्री ओलीले २०७४ सालमा तीन पटक, ०७५ सालमा दुई पटक, ०७६ सालमा ६ पटक, २०७७ सालमा ३ पटक र ०७८ सालमा ४ पटक मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् ।

०७४ सालमा तीन पटक पुनर्गठन
०७४ फागुन ३ गते चार मन्त्रीसहित खड्गप्रसाद ओलीले प्रधानमन्त्रीको सपथ खाएका थिए । त्यसपछि फागुन १४ मा ईश्वर पोखरेल र रामबहादुर थापासहित ४ मन्त्रीलई सपथ गराएका प्रधानमन्त्री ओलीले तेस्रो पटक माओवादी र एमालेलाई समेटेर चैत २ मन्त्रीपरिपदलाई पूर्णता दिए ।

०७५ सालमा दुई पटक पुनर्गठन
प्रधानमन्त्री ओलीले चौथो पटक मन्त्रीपरिषद पुनर्गठन गरी जेठ १८ मा उपेन्द्र यादवलाई स्वस्थ्य मन्त्री र गोकुल बास्कोटालाई सञ्चार राज्यमन्त्री बनाए । यसैगरी ओलीले पाँचौ पटक साउन १८ गते भानुभक्त ढकाललाई कानून मन्त्री बनाए ।

०७६ सालमा छ पटक
प्रधानमन्त्री ओलीले ०७६ साउन १५ मा छौटौ पटक मन्त्रीपरिपद विस्तार गरी योगेश भट्राईलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिए । मंसिर ४ गते सातौ पटक प्रधानमन्त्री ओलीले हृदयेश त्रिपाठीलाई सामान्य प्रशासन मन्त्रीमा नियुक्त गर्नुका साथै उपेन्द्र यादवलाई स्वास्थ्यबाट कानूनमन्त्री बनाए । गोकर्ण विष्टसहित ६ मन्त्रीलाई पदमुक्त गरे । पुस ८ गते ओलीले राज्यमन्त्रीबाट गोकुल बास्कोटलाई क्याविनेट मन्त्रीमा बढुवा गरे । उपेन्द्र यादवले सरकार छोडे । फागुन ६ गते शिवमाया तुम्वाहाम्फे कानून मन्त्रीमा नियुक्त भइन । ७० करोड घुस काण्डको आरोप लागेका गोकुल बास्कोटाले फागुन ८ गते राजीनामा गरे । डा. युवाराज खतिवडालाई अर्थ तथा सञ्चार मन्त्रालयको जिम्मेवारीका साथै सहरी विकास मन्त्री पार्वत गुरुङ बने । फागुन ११ गते ओलीले पदमुक्त भएका युवराज खतिवडालाई अर्थ र सञ्चार मन्त्रीको सपथ गराएर ११ औं पटक मन्त्रीमण्डल विस्तार गरे ।

२०७७ सालमा तीन पटक पुनर्गठन
प्रधानमन्त्री ओलीले २०७७ असोज २८ गते कृष्णगोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठलाई मन्त्री नियुक्त गरे भने ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारी खोसेर प्रधानमन्त्री कार्यालयमा थन्क्याए । २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका ओलीले त्यसको ५ दिनपछि पुस १० गते मन्त्रिमण्डलको व्यापक हेरफेर गरे । पुष्पकमल दाहाल प्रचण्डलाई छोडेका ५ जना पूर्वमाओवादी नेतालाई मन्त्री बनाए । प्रचण्डले कारवाही गरेर संसद पद गुमेका चार मन्त्रीलाई ओलीले चैत २७ गते पुनः सपथ गराए ।

२०७८ सालमा तीन पटक पुनर्गठन
प्रधानमन्त्री केपी शर्मा ओलीले ०७८ वैषाख ५ गते रामबहादुर थापाको सांसद पद गुमेकै साझ पुनः गृहमन्त्रीमा सपथ गराएका थिए । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि ३१ वैशाखमा अल्पमतको सरकार गठन गरेका थिए । जेठ ६ गते सर्वोच्च अदालतको आदेशबाट रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी र मणीचन्द्र थापाको पद खोसिएपछि ओलीले जेठ ७ गते यी सबै मन्त्रालयको जिम्मेवारी आफैले लिए ।

प्रधानमन्त्री ओलीले जेठ २१ गते १८ औं पटक मन्त्रीपरिषद पुनर्गठन गरे । ओलीले जसपाका १० जनालाई मन्त्री बनाए भने ईश्वर पोखरेल, प्रदीप ज्ञवालीसहित १३ जनालाई मन्त्री पदबाट विदाइ गरे ।

आज जेठ २७ गते प्रधानमन्त्री ओलीले १९ औं पटक मन्त्रिमण्डल पुनर्गठन गरेका छन । गृह मन्त्रीमा कास्कीका खगराज अधिकारी, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रामबहादुर थापा बादल पत्नी नैनकाला थापालाई नियुक्त गरेका छन । यसैगरी ओलीले पुनर्गठित मन्त्रिपरिषदमा राजकिशोर यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति, नारदमुनी राना वन तथा वातावरण, गणेशकुमार पहाडी संघीय मामिला तथा समान्य प्रशासन, ज्वालाकुमारी शाह कृषि तथा पशुपन्छी विकास र मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको जिम्मेवारी तोकिएको छ । आशाकुमारी विक वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएकी छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट