कला/साहित्य

पुष्कर लोहनीका तन्का कविता

१,
छाया उक्लिँदा
पोखिँदै चिप्लिएको
चिस्सिन थाल्छ
कस्सिएको पाखुरा
खोज्दा आफै डुबेको ।
२,
मन आत्तिँदा
हावा भएर आयौ
भास्सिँदै खस्दा
समाएथेँ पाखुरा
एक्लो आँट थचक्कै ।
३,
आँखा खेलाएँ
झस्केर चिच्याउँदा
आँखामा फुलो
कोपर्दा कोरिएको
हेर्नै नहुने गाला ।
४,
हिउँ खसेछ
पाखामा उप्किएर
खोतल्दा दूलो
भत्काउन खोजेको
ठेलै ठेला आँखामा ।
५,
एक्लै लम्केको
फर्किने ठाउँ छैन
पछाडि छाया
बोलाएको आवाज
निहुरिँदा अल्झेको ।
६,
बास मागेथेँ
ढोकै खुला छाडेको
भत्केको पाटी
सम्झिँदै एक्लिएको
देखाउँदै छाेपेको ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट