समाचार

सेयर बजारमा ऐतिहासिक रेकर्ड, साढे १९ अर्ब भन्दा बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको पहिलो दिन आइतबार सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा १९ अर्ब ५५ करोड १ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यस अघि २०७८ जेठ २३ गते आइतबार नेप्सेमा १७ अर्ब २७ करोड १७ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम भएको थियो ।

त्यस्तै, नेप्सेमा आज उच्च अंकको बृद्धि भएको छ । आज नेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमा पुगेको छ । आज कारोबार भएका ४५ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

यस्तै, आज नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ४.१५ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ४० मा झरेको छ ।

त्यसैगरि, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट