देश

कोरोनाले कांग्रेसका पूर्वसांसद अधिकारीको निधन

काठमाडौं । कोभिडका कारण नेपाली कांग्रेस लमजुङका पूर्वसभापति तथा पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ ।

लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायत रोगका पीडित अधिकारीलाई कोभिड संक्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो ।

अधिकारी विसं २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र २ बाट निर्वाचित भएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट