देश

पूर्वमुख्यमन्त्रीलाई कुनै अतिरिक्त सेवासुविधा दिने निर्णय भएको छैन : गण्डकी प्रदेश सरकार

काठमाडौं । गण्डकी प्रदेश सरकारले पूर्वमुख्यमन्त्रीलाई कुनै अतिरिक्त सेवासुविधा दिने निर्णय नभएको स्पष्ट पारेको छ । सरकारका मन्त्री एवं प्रवक्ता कुमार खड्काले सोमबार विज्ञप्ति जारी गर्दै सो जनाएका हुन् ।

उनले पूर्वमुख्यमन्त्रीको सुरक्षाको चासोको विषयमा आवश्यक नीति बनाउन मात्र लागेको स्पष्ट पारेका छन् । गण्डकी प्रदेशको मुख्यमन्त्री बन्नेवित्तिकै कृष्णचन्द्र नेपाली पोखरेल सरकारले पूर्वमुख्यमन्त्रीलाई सेवासुविधा दिने कानुन बनाउन लागेको समाचार आएको थियो । त्यसबारे गण्डकी प्रदेश सरकारले ध्यानाकर्षण भएको जनाउँदै प्रस्टीकरण दिएको हो ।

‘सरकार जनताको सेवक हो र सबै सुविधा र सेवाको पहिलो हकदार जनता हो भन्ने लोकतान्त्रिक मान्यताप्रति प्रदेश सरकार प्रतिबद्ध छ । असल मनसायद्वारा आ्फ्नो सरकारलाई दिने सुझावले नै लोकतान्त्रिक शासन प्रणालीको जग मजबुत हुँदै जान्छ । यसै प्रसंगमा प्रदेश सरकारद्वारा पूर्वमुख्यमन्त्रीलाई पेन्सन, भत्ता वा प्रदेशलाई आर्थिक बोझ पर्ने कुनै पनि अतिरिक्त निर्णय नलिएको र हालको कानुनी व्यवस्थामा पूर्वमुख्यमन्त्रीको सुरक्षा सम्वन्धमा कुनै नीति नवनेको हुँदा तत्कालको सुरक्षा चासोलाई सम्बोधन गर्न आवश्यक नीति बनाउने भन्ने निर्णय मात्र भएको प्रष्ट पार्न चाहन्छु,’ गण्डकी सरकारका मन्त्री एवं प्रवक्ता कुमार खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट