समाचार

ओखलढुङ्गामा उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु

ओखलढुङ्गा ।   उच्च रक्तस्रावका कारण ओखलढुङ्गामा एक सुत्केरीको मृत्यु भएको छ । शिशुलाई जन्म दिएको शुरु भएको उच्च रक्तस्रावबाट मोलुङ गाउँपालिका– ६ श्रीचौरका जङ्बु शेर्पाकी ३० वर्षीया श्रीमती डोमा शेर्पाको मृत्यु भएको हो ।     

डोमालाई आइतबार श्रीचौर स्वास्थ्य चौकीले ओखलढुङ्गा सामुदायिक अस्पतालमा सिफारिस गरेको थियो । अस्पताल नलगी स्थानीय पेशा पेशला पोलिक्लिनिकमा भर्ना गरिएकी शेर्पाले शिशुलाई जन्म दिए पनि उच्च रक्तस्रावको उपचार हुन नसक्दा मृत्यु भएको स्थानीयवासी शिवकुमार कार्कीले जानकारी दिए ।

कोरोना कहरको डरले शुरुमा अस्पताल नलगिएको र आपत्कालीन अवस्थामा अस्पताल लैजान नसकिएको पारिवारिक स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट