राजनीति

वामदेव निवासमा विष्णु पौडेलको चार घन्टा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) विभाजिनको डिलमा उभिएका बेला यसलाई बचाउन दोस्रो तहका नेताहरुको दौडधुप तीब्र छ । यसैक्रममा आज सोमबार उपप्रधानमन्त्री समेत रहेका नेता विष्णु पौडेल पार्टी उपाध्यक्ष वामदेव गौतमलाईलाई भेट्न भैसेपाटी पुगेका थिए । बामदेव निवास भैसेपाटीमा नेता पौडेलले झन्डै चार घण्टा बिताएका थिए ।

नेता पौडेल बामदेव निवासमा बिहान ९ बजे पुगेका थिए । उनी त्यहाँबाट १ बजेमात्र फर्केका हुन् । ४ घन्टासम्म उनीहरुबीच के विषयमा छलफल भयो भन्नेबारे सार्वजनिक भएको छैन । यद्यपि गम्भीर राजनीतिक छलफल भएको बताइएको छ ।

बामदेवका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार दुई नेताहरुबीच सामान्य कुराकानी भएको बाहिर आएको छ । तर, पार्टी विवाद र एकताबारे कुराकानी हुनु स्वभाविक छ ।

सर्वोच्च अदालतले एमाले महाधिवेशन आयोजक कमिटीका नाममा भएका कारवाहीका निर्णयलाई मान्यता नदिने आदेश दिएपछि २०७५ जेठ २ कै अवस्थाकै संरचनामा पार्टी बैठक बोलाउने कि के गर्ने भन्नेमा ओली पक्ष अलमलमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट