राजनीति

सभापति देउवा किन गए माधव निवास कोटेश्वर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भेट्न उनकै निवास कोटेश्वर पुगे । सभापति देउवा महामन्त्री पूर्णबहादुर खड्कालाई लिएर माधव निवास पुगेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि माधव निवास कोटेश्वर पुगेका छन् । शीर्ष तीन नेताहरुबीच एमालेमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली २०७५ जेठ २ को अवस्थामा फर्केर पार्टीलाई क्रियाशील गराउन तयार भएको बुझिएको छ । यसका लागि एमालेमा दोस्रो तहका नेता क्रियाशील रहेका छन् । आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चार घन्टा वामदेव निवासमा बिताएका थिए । त्यत्ति मात्र होइन, पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष केपी ओली पार्टी विभाजन रोक्न सक्रिय रहेको अभिव्यक्ति दिएका छन् ।

यो अवस्थामा अदालतमा विचाराधीन रहेको संसद विघटनको मुद्दा के हुने भन्ने विषयमा छलफल गर्न सभापति देउवा महामन्त्री खड्कालाई लिएर माधव निवास पुगेको बताइएको छ । नेता नेपालले संसद् विघटनका विरुद्ध र वैकल्पिक सरकार पक्षमा देउवालाई हालसम्म साथ दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट