देश

निर्वाचन आयोग सरकारको कठपुतली : नारायणकाजी श्रेष्ठ

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली बनेको आरोप लगाएका छन् ।

विगतमा नेकपाको विवाद र अहिले जसपाको विवादमा आयोगले सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको उनले आरोप लगाएका छन् । संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य रहेको उनले बताएका छन् ।

‘जसपाबारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ। नेकपाको बारेमा पनि यस्तै गरिएको थियो । अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो,’ श्रेष्ठले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले लेखेका छन्– ‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ।संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ।जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ।नेकपाको बारेमा पनि यस्तै गरिएको थियो ।अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो । साथै, राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्छ ।लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अङ्गको यसप्रकारको गलत कार्यलाई समयमै रोकिहाल्नु पर्छ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट