समाचार

प्रतिनिधिसभा विघटन मुद्दामा बारले तोक्यो वैद्य र मल्ललाई एमिकस क्युरी

 काठमाडौँ । नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमाथिको सुनुवाइका लागि माग गरिएको अदालतका सहयोगीमा दुई वरिष्ठ अधिवक्तालाई पठाउने निर्णय गरेको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अध्यक्षतामा आज बसेको कार्यसमितिले बैठकले वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ललाई पठाउने निर्णय गरेको बारले जनाएको छ ।  

  
 आजै सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई अदालतका निष्पक्ष सहयोगी पठाउने निर्णय गरेको थियो ।    


 सर्वोच्च अदालतको संवैधानिक इजलासले गत जेठ २६ गते प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनबाट दुईदुई वरिष्ठ अधिवक्ता एमिकस क्युरीका रुपमा उपलब्ध गराउन आदेश दिएको थियो । सो मुद्दामा यही असार ९ गतेदेखि नियमित सुनुवाइ हुने तय भएको छ ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट