समाचार

एमाले नेता झलनाथ खनाललाई दिल्ली लगिँदै

काठमाडौं । सत्तारुढ एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिँदै छ ।

स्वास्थ्यमा सुधार नभएपछि उनलाई बुधबार दिउँसो साढे १२ बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ ।

केही दिनदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा अक्सिजन सपोर्टको सहयोगमा उपचार गराइरहेका खनाललाई चिकित्सकहरूले थप उपचारका लागि दिल्ली लैजान सुझाव दिएका हुन् ।

केही समयअघि उनी नर्भिकमै कोभिडको उपचार गराएर घर फर्किएका थिए । घरमै स्वास्थ्यलाभ गरिरहेका खनाललाई ज्वरो र रगतको कमी समस्या देखिएपछि फेरि अस्पताल भर्ना गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट