समाचार

पानीकाे बहाब बढेपछि कोसी व्यारेजको १२ ढोका खुला

काठमाडौं । मंगलबार बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोसी व्यारेजको १२ वटा ढोका खुला गरिएको छ ।

हाल कोसी नदीमा पानीको बहाब ६१ दशमलव १४५ क्युसेक रहेको सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।

पानीको बहाब बढिरहेको तर खतराको अवस्था नभएको सिडिओ ढकालले बताए । “नदी किनार आसपासको क्षेत्रमा हामीले निरन्तर अवलोकन गरिरहेका छौँ । अहिलेसम्म कोसीले खतराको तह पार गरेको छैन,” उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट