समाचार

उद्धार, राहत व्यवस्थापनका लागि सबै मन्त्रालयलाई परिचालन गर्ने निर्णय

काठमाडौं। विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सकिएको छ ।सिंहदरबारमा बसेको बैठकले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सबै मन्त्रालयलाई परिचालित गर्ने निर्णय गरेको छ ।

साथै, सुरक्षा निकायलाई पनि तत्काल उद्धार, राहत तथा उपचारमा जुट्न निर्देशन दिएको छ ।गृहमन्त्री खगराज अधिकारीको नेतृत्वमा रहेको समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७८ स्वीकृत गरेको छ ।

बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७८ को साथै विपद् व्यवस्थापन स्वयंसेवक ब्यूरो गठन तथा परिचालन कार्यविधि २०७८, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि २०७८ , गैर सरकारी संस्था परिचालन सम्वन्धि कार्यविधि २०७८ र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुनःनिर्माण सम्वन्धि कार्यविधि २०७८ लाई स्विकृत गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट