राजनीति

जसपा अध्यक्ष ठाकुरद्वारा १७ जना कार्यकारिणी सदस्य मनोनित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले १७ जनालाई कार्यकारिणी समितिमा मनोनित गरेका छन् ।कार्यकारिणी समितिमा मनोनित सबैजना ठाकुर र राजेन्द्र महतो निकट मानिन्छन् ।

मनोनितमध्ये ठाकुरनिकट ११ जना र महतोनिकट ७ जना रहेको जसपाको बताइएको छ । कार्यकारिणी समितिमा आफ्नो बहुमत पु¥याउन अध्यक्ष ठाकुरले सदस्य मनोनित गरेका हुन् । ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवनिकट कार्यकारिणी सदस्यलाई हटाएर त्यसको ठाउँमा आफूनिकट नेताहरुलाई कार्यकारिणी समितिमा थप गरेका हुन् ।

यता, निर्वाचन आयोगको फैसलाप्रति रुष्ट भएका यादवले कार्यकारिणी समितीको बैठक बोलाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट