समाचार

सेयर बजार ओलारो लाग्यो, नेप्सेमा भारी अंकको गिरावट, झण्डै साढे १५ अर्वको कारोवार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार भारी अंकको गिरावट आएको छ । हिजो मंगलबार शेयर बजारमा सामान्य अंकको गिरावट आएको थियो ।

आज नेप्से ५२.३९ अंकले घटेर दुई हजार ९ सय ६९ दशमलब ७२ विन्दुमा थामिएको छ । त्यस्तै, आज १५ अर्ब ४८ करोड ४४ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छ । यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज धेरैजसो कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ६० करोड ९० लाख १२ हजार ३२६ बराबरको शेयर किनबेच भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट