देश

विपक्षी गठबन्धनले भने– प्राकृतिक विपत्तिको सामना गर्ने सरकारको कुनै पूर्वतयारी देखिएन

काठमाडौं । पाँच दल आबद्ध विपक्षी गठबन्धनले प्राकृतिक विपत्तिको सामना गर्ने सरकारको कुनै पूर्वतयारी नदेखिएको निष्कर्ष निकालेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले (माधव पक्ष), जसपा (उपेन्द्र यादव पक्ष) तथा राजमो सम्मिलित विपक्षी गठबन्धनले बिहीबार विज्ञप्ति जारी गर्दै बाढीपहिरोबाट अर्बौ रुपैयाँ बराबर भौतिक संरचना, अन्नबाली र पशुचौपाया नष्ट भएको उल्लेख गर्दै सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गरी पीडित जनसमुदायलाई सहयोग पु¥याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघसंस्थाहरुलाई आह्वान गरिएको छ ।

बाढीपहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचारलगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन विपक्षी गठबन्धनले सरकारसँग माग गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट