समाचार

२६ सय ७ संक्रमित थपिए, ३९ जनाको मृत्यु

काठमाडौ । गत २४ घण्टामा कोरोना नेपालमा २६ सय ७ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार ७ सय ११ पिसिआर बिधिबाट र ४ हजार ७सय ७३ को एन्टिजेन्ट बिधि गरी कुल १२ हजार ४ सय ८४ जनाको परिक्षण गरिएको हो । त्यस्तै गरी पछिल्लो २४ घण्टामा ३९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै गरी पछिल्लो २४ घण्टामा देशभर २१ सय ४१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यो सगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संङख्या ८ हजार ५ सय ९७ पुगेका छन् । हाल काठमाडौमा ७ हजार १ सय ३५ जना कारोनाका संक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा काठमाडौ ६ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौ १७ सय ९७ जनाको मृत्यु भएको छ भने १ लाख ९१ हजार ५६४भन्दा बढी निको भइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट