अर्थ

सहमतिअनुसार खोप उपलब्ध नगराएपछि पेट्रोलियम डिलर्स आन्दोलनमा

काठमाडौं । आयल निगम र पेट्रोलियम डिलर्स एसोसिएसनबीच भएको सहमतिअनुसार कोरोनाविरुद्धको खोप उपलब्ध नगराएपछि व्यवसायी पुनः आन्दोलनमा उत्रिने भएका छन् ।

बागमति पेट्रोलियम डिलर्स एसोसिएसनका अनुसार आयल निगमले ५४० डोल खोज उपलब्ध गराउने सहमति भएको थियो । सहमतिअनुसार ट्यांकर चालक र सहचालकको नामावलीसमेत आयल निगमलाई उपलब्ध गराएको थियो । तर अन्तिम समयमा आएर खोप उपलब्ध गराउन नसक्ने जानकारी निगमले दिएपछि व्यवसायी पुनः आन्दोलनमा उत्रने बागमति पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष अच्युतबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निगमको यो लाचारीपनको घोर भत्सना गर्दै एसोसिएसनले असार ५ गतेपछि आन्दोलन गर्ने घोषणा गरेको छ । सहमतिअनुसार पेट्रोलियम व्यवसायी तथा कर्मचारीहरु सम्पूर्णलाई शीघ्र खोप उपलब्ध गराइदिन हुन एसोसिएसनले पुनः माग गरेको छ ।

यदि यो मागलाई बेवास्ता गरे जोखिम पूर्ण ढङ्गबाट नियमित कारोबार संचालन गर्न नकिने विज्ञप्तिमा उल्लेख छ । एशोसिएशनले असार ५ गते शनिवार कार्यसमितिको बैठक बसी सम्बन्धित सरोकारवाला सबै पक्षसँग समन्वय गरेर आन्दोलनको कार्यक्रम घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट