समाचार

स्थगित भएका परीक्षा साउनभित्रै सक्ने त्रिविको तयारी

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले रोकिएका सबै परीक्षा साउनभित्रै सम्पन्न गर्नेगरी तयारी थालेको छ ।

कोरोना महामारीका कारण स्थगित भएका परीक्षा भौतिक उपस्थितिमै गराउने गरी त्रिविले तयारी थालेको हो । चल्दाचल्दै स्थगित भएका परीक्षा पहिला सञ्चालन गरिसकेपछि स्नातक तह प्रथम वर्षको परीक्षा गरीने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले शिलापत्रलाई बताए ।

जोशीका अनुसार यसपटक पहिलेको तुलानामा परीक्षा केन्द्रको संख्या भने थप गरिने भएको छ । ‘पहिलाका २ सय ४० परीक्षा केन्द्रहरूमा केही थप गरेर ३ सय हाराहारी पुर्‍याउँछौँ र भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्छौँ,ु जोशीले भने ।

परीक्षाको तालिका भने असार ७ गतेपछिको निशेधाज्ञाको स्वरुप हेरेर सार्वजनिक गरिने उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट