समाचार

बाढीका कारण हेलम्बु क्षेत्रमा टेलिकमका ४ टावर अवरुद्ध, सञ्चार सेवा विच्छेद

काठमाडौ । सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा नेपाल टेलिकमको सञ्चार सेवा विच्छेद भएको छ । गत मंगलबार मेलम्ची नदीमा आएको बाढीका कारण बिद्युत अवरुद्ध हुँदा सो क्षेत्रमा रहेका टेलिकमका ४ वटा टावरले काम गर्न सकेको छैन् । जसको कारण मेलम्ची बजार माथिका विभिन्न स्थानहरुमा नेपाल टेलिकमका जिएसएम सीमकार्ड चल्न सकेको छैन ।

बाढीले विद्युतका पोलहरु बगाएपछि विद्युत सेवा पनि अवरुद्ध भएको छ । बिद्युत नभएका कारण र तत्काल जेनेरेटर लगेर टावर सञ्चालन गर्न बाटो नभएका कारण समस्या भएको दुरसञ्चार कार्यालयका जनाएको छ ।

मेलम्ची बजार माथिका क्षेत्रहरु बराम्ची, बाँसखर्क, सेल्ले, हेलम्बु क्षेत्रमा सेवा अवरुद्ध भएको हो । यता बाटो सहज भएका मेलम्ची, नवलपुर क्षेत्रमा बिहिबार दिउँसो १ बजेबाट नेपाल टेलिकमका ४ वटा टावर सञ्चालनका आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट