समाचार

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा नियमित सुचारु राख्न प्रयास भइरहेको प्राधिकरणको भनाई

काठमाडौ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको बाढी तथा पहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा नियमित रुपमा सुचारु राख्न हरसम्भव प्रयास भइरहेको जनाएको छ । प्राधिकरणले जारी गरेको सूचनामा दूरसञ्चार सेवालाई निरन्तर सञ्चालन गर्न सबै सेवाप्रदायकले हरसम्भव प्रयास गरिरहेको उल्लेख छ ।

‘बाढी तथा पहिरोमा परी हालसम्म दूरसञ्चार पूर्वाधारमा ठूलो क्षति भएको विषयमा कुनै जानकारी प्राप्त भएको छैन,’ प्राधिकरणको सूचनामा भनिएको छ, ‘तर त्यस्ता क्षेत्रमा विद्युत अवरुद्ध भएकाले दूरसञ्चार सेवा सञ्चालनमा समस्या आएको छ ।’

यस्तो अवस्थामा पनि सेवाप्रदायकहरु आफ्नो सेवालाई निरन्तर उपलब्ध गराउन हरसम्भव प्रयास भइरहेको जनाइएको छ । साथै कुनै क्षेत्रमा दूरसञ्चार सेवा अवरुद्ध भए तत्कालै प्राधिकरणमा जानकारी गराउनसमेत आग्रह गरिएको छ । उता सिन्धुपाल्चोक बाढी प्रभावित क्षेत्र हेलम्बु लगायतका स्थानमा बाढीले विद्युतका पोलहरु बगाएपछि विद्युत सेवा अवरुद्ध भएको छ । बिद्युत नभएका कारण र तत्काल जेनेरेटर लगेर टावर सञ्चालन गर्न बाटो नभएका कारण समस्या भएकोल छिटै नियमित रुपमा सुचारु राख्न हरसम्भव प्रयास भइरहेको दुरसञ्चार कार्यालयका जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *