समाचार

सङ्खुवासभामा २० दिनअघि अवरुद्ध टेलिफोन सेवा आजदेखी सञ्चालन

सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालन भएको छ । दुर्गम उत्तरी क्षेत्र भोटखोलामा २० दिनदेखि अवरुद्ध टेलिफोन सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको हो ।

भोटखोलाको अवरुद्ध टेलिफोन सेवा २० दिनपछि पुनः सञ्चालन भएको दूर सञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी दिए। टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित भएका थिए ।

अवरुद्ध टेलिफोन सेवा लामो प्रयासपछि आज बिहान १०ः०० बजेदेखि पुनः सञ्चालन भएको सूचना अधिकारी मोक्तानले बताए । मकालु गाउँपालिकाको भाटभटेनीको रेडियो डिभाइसमा खराबी देखिएपछि भोटखोलाको माक्पालुङको टावरमा लिङ्क नहुँदा टेलिफोन सेवा अवरुद्ध भएको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट