प्रदेश नं. १

समाजसेवी थापाद्वारा पाँचखपनलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं । समाजसेवी दुर्गा थापाले पाँचखपन नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन । कतारमा व्यवसाय गर्दै आएका पाँचखपन २ का थापाले आफ्नो व्यक्तिगत खर्चमा ३ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री नगरपालिकालाई हस्तान्तरण गरेका हुन ।
कोरोना भाइरसको दोस्रो लहर फैलिइरहेका बेला नेपाल आएका थापाले नगरपालिकासंगको समन्वयमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताए । नगरपालिकाले आफ्नो नगरमा उपयोगी ठानेका स्वास्थ्य सामाग्री काठमाडौंमा खरिद गरी आफैले पाँचखपन लगेर हस्तान्तरण गरेको थापाले बताए । थापसंग व्यवसायी टेकबहादु पौडेल पनि पाँचखपन पुगेका थिए ।

नेपाली कांग्रेसका युवा नेतासमेत रहेका थापाले अक्सीजन कन्सनटेटर ४ थान, सेनिटाइजर ५० थान, माक्स २ हजार पीस, पल्स अक्सोमिटर १० थान र पीपीइ २० थान हस्तान्तरण गरेका हुन । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख विपिन राई, उप्रमुख भीमा राई, ९ वटै वडाका वडाध्यक्षहरु र राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका नेता रामबहादुर बस्नेत, नेकपा एमालेका मानसिंह पोखरेल र माओवादी केन्द्रका चन्द्र न्यौपानेको उपस्थिति थियो ।

कोरोना भाइरसको महामारीले प्रताडित संक्रमितहरु अक्सीजन नपाएर छट्पटाइरहेका बेला अक्सीजन कन्सन्टेटर निकै उपयोगी हुने विश्वास पाँचखपनबासीको छ । अक्सीजन सिलिन्डर भर्न विराटनगर पुग्नु पर्ने विधमान अवस्थामा अक्सीजन कन्सन्टेटरको उपलब्धताले नगरवासीलाई कही हदसम्म भए पनि मद्धत उनीहरुको विश्वास छ ।

माओवादी द्वन्द्वमा गाउँमा बस्न प्रतिकुल अवस्था सिर्जना भएपछि २०६० सालमा शिक्षण पेश छोडेर विस्थापित भएका थापा कतारमा व्यवसाय गर्दै आएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट