कला/साहित्य

तन्का कविता

१,
रापिलो रात
तिमी भन्दै कुदेको
पत्तै पाइनँ
ओर्लेको मात्र देखेँ
ढोका खुलै रहेछ ।
२,
हो कि भनेर
खोज्दा खोज्दा हैरान
पत्तै नलाग्दा
पोखरीमा डुबेको
बताससँगै तिमी
३,
पोखरी कुर्दै
कति अल्झिरहु म
नथाके पनि
तिमीभित्रको तिमी
अलग्गिन सक्तिनाै ।
४,
झम्टेको देखेँ
झरेका थोपाहरु
आँखा नै बन्द
दौडेकी तिमीजस्तै
यसो हेर्दा बेपत्तै ।
५,
एउटै ढिक्का
तिमीसँगको आस्था
रक्सीको नसा
चिसो भएर जम्यो
पग्लिने कसरी हो ।
६,
झुक्किन पुग्छु
अन्धकारको छाया
कतै तिमी नै
बिहानको स्याँठमा
तताउन खोजेकी ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *