समाचार

कांग्रेसद्वारा पूर्वसांसद परियारको निधनप्रति दुःख व्यक्त


काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले पूर्वसांसद कृष्णसिंह परियारको निधनप्रति दुःख व्यक्त गरेको छ । उहाँको ६८ वर्षका उमेरमा आज बिहान निधन भएको हो । कांग्रेस राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक अनिता देवकोटाले आज शोक विज्ञप्तिमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेकी छन ।

लोकतन्त्र स्थापनाका लागि भएका हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका परियार विसं २०४८ मा कांग्रेसका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । पार्टीका विभिन्न तहमा रहेर सङ्गठन विस्तार तथा सुदृढीकरणमा सदैव क्रियाशील नेता परियारको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाइएको छ ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *