समाचार

पहिरा र बाढीको अझै जोखिम छ, सतर्कता अपनाऔँ: हेलम्बु गाउँपालिका

हेलम्बु गाउँपालिकाले अझै पहिरो र बाढीको जोखिम रहेको जनाएको छ । आज एक सूचना जारी गर्दै सो गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आकष्मिक बाढी आउनुको कारण वडा नं १ मा अवस्थित सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा पहिरो गएको जनाएको छ ।

सूचनामा सो ठाउँको चौरको हाल २५ प्रतिशत भाग पहिरो गएको र बाँकी मध्ये के कति भागमा पहिरो जान सक्ने भन्ने हालसम्म एकीन नभएकोले थप बाढी जान सक्ने जनाउँदै उच्च साबधानि तथा सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट