समाचार

युरो कपः पोर्चुगलले दुई आत्मघाती गोल उपहार दिएपछि जर्मनी ४-१ ले विजय

काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह एफको खेलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित हात पारेको छ । समूह एफअन्तर्गतको खेलमा पोर्चुगललाई जर्मनीले ४(२ गोलले पराजित गरेको हो।
अग्रतालाई कायम राख्न नसक्दा र दुई आत्मघाती गोलले गर्दा पोर्चगुल हारेको हो । शनिबार क्रिस्टियानो रोनाल्डोले खेलको १५ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। काउन्टर आक्रमणमा जोटाले दिएको पासमा रोनाल्डोले गोल गरे।

खेलको ३५ मिनेटमा जर्मनीले बराबरी गर्न सफल भयो। जर्मनीका गोसेन्सले डिबक्समा हाभर्ट्जलाई पास दिएका थिए। उक्त पास क्लियर गर्ने क्रममा पोर्चुगलका रुबेन डियासले आफ्नै पोस्टमा गोल गर्न पुगे। यस्तै ३९औं मिनेटमा राफेल गुरेइराले पनि आत्मघाती गोल गरेपछि पहिलो हाफमा जर्मनीले २(१ को अग्रता बनायो ।
दोस्रो हाफको १५ मिनेटभित्र जर्मनीले २ गोल गर्‍यो । ५१औं मिनेटमा रोविन गोसेन्को पासमा काइ हाभार्टले गोल गर्दै जर्मनीलाई ३(१ को अग्रता दिलाए । यस्तै ६०औं मिनेटमा जोसुअ किम्मीचको पासमा गोसेन्सले गोल गरेपछि जर्मनीले ४(१ को अग्रता बनायो ।

पहिलो जितपछि जर्मनीले २ खेलबाट ३ अंक जोडेको छ र नकआउट पुग्ने सम्भावना कायम राखेको छ । जर्मनी पहिलो खेलमा फ्रान्ससँग १(० ले पराजित भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट