देश

कोरोनाबाट कांग्रेस नेता एवं पूर्वसञ्चार राज्यमन्त्री विष्टको निधन

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन भएको छ ।


केही समयअघि कोभिड संक्रमण भएर अस्पतालमा उपचाररत विष्टको आइतबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

सुर्खेतमा बस्दै आएका विष्टलाई केही दिनअघि कोरोना संक्रमण भएको थियो। सुर्खेतमा उपचार हुन नसकेपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

उनी २०७० मा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए। कांग्रेस सुर्खेतको सभापति भएका विष्ट २०७४ मा देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधिराज्यमन्त्री बनेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट