देश

सिन्धुपाल्चोकका बाढीपहिरोपीडितलाई करिश्माको एक लाख सहयोग

काठमाडौं । सरकारले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितका नाममा आर्थिक सहयोग उठाएमा दुई लाखसम्म जरिवाना गर्ने चेतावनी दिएपछि अहिले व्यक्तिगत रूपमा आर्थिक र राहत सामग्री जुछाउने अनि वितरण गर्न थालिएको छ ।

विपदका बेला राहत समाजसेवाका नाममा आर्थिक र खाद्यान्न सामग्री उठाउने व्यक्ति र संस्थाको संख्या बढेपछि सरकारले यो नियम बनाएको हो ।

यसैक्रममा अभिनेत्री करिश्मा मानन्धरले सिन्धुपाल्चोकको बाढीपहिरोपीडितको सहयोगका लागि एक लाख रुपैयाँ सहयोगको घोषणा गरेकी छन् । असार १ गते राति आएको बाढीपहिरोले बास उठेका पीडितलाई घर बनाउन भन्दै उनले आफूले व्यक्तिगत रूपमा एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेकी हुन् ।

कलाकार कृष्ण मल्लको संयोजनमा असार १० गते सबै कलाकारहरुको तर्फबाट आ–आफू्ले सक्ने सहयोग सम्बन्धित निकायलाई हस्तान्तरण गरिने निर्णय भएकाले सोहीअनुसार आफ्नो तर्फबाट एक लाख रुपैयाँ सहयोग गर्ने करिश्माले आइतबार बिहान सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट