समाचार

सेयर बजारमा पहिरो गयो, नेप्सेमा ६३ दशमलब ११ अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज साताको हिलो दिन मै आइतबार ६३ दशमलब ११ अंकको गिरावट आएको छ । यससंगै नेप्से २ हजार ९ सय ५ दशमलब ३२ विन्दुमा थामिएको छ । आज ११ अर्ब ८१ करोड ९४ लाख बराबरको कारोबार भएको हो ।

आज ५ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि आएको छ । जसमा गुराँस फाइनान्स लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, नेशनल हाइड्रोपावर लिमिटेड, रु रु जलविद्युत परियोजना र तारागाउँ रिजेन्सी लिमिटेड रहेका छन् ।

आज १७५ वटा कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । तीन वटा कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन भएन । आजको कारोबारको सर्वाधिक गुमाएने कम्पनीमा युनियन हाइड्रोपावर लिमिटेर रहेको छ भने सबै भन्दा धेरै नेपाल रि इन्स्योरेन्स कम्पनीको रहेको छ ।

नेपाल धितोपत्र बोर्डले ५१ व्टा कम्पनीको नाम सूचीसहित शेयर बजार अस्वभाविक रुपले बढेकोले सजग रहन लगानीकर्ताहरुलाई सार्वजनिक आव्हान गरेसंगै बजार घट्नेक्रम जारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *