समाचार

२४ सय ४२ जना कारोना संक्रमित थपिए, ५१ जनाको मृत्यु

काठमाडौ । गत २४ घण्टामा देशभर थप २४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार ९ सय ५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६ सय ७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४ सय २१ र ४२ सय ४९ एन्टिजेन परीक्षणमा १हजार २१ जना गरी २४ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो । यो संक्रमणदर २१.३ प्रतिशत हो ।

यस्तै गत २४ घण्टामा ३ हजार ४ सय ५६ जना डिस्चार्ज भएका छन् । काठमाडौं उपत्यकामा ५ सय ४८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४ सय ५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *