समाचार

पत्रकारलाई प्राथमिकताका साथ कोरोना खोप लगाउने ब्यवस्था गर : सर्वोच्च अदालत

काठमाडौ । सर्वोच्च अदालतले पत्रकारहरूलाई कोरोनाभाइरसविरूद्ध खोप लगाउने व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले आइतबार पत्रकारहरूको पेशागत प्रकृति र परिस्थिति जनसमुदाय वा समूहमा पुग्नु पर्ने वा जनसम्पर्कमा हुनुपर्ने भएकाले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरी अंग्रपंक्तिमा रही समाचार संकल गर्ने पत्रकारहरुलाई प्राथमिकता साथ खोप लगाउने व्यवस्था मिलाउनु अन्तरिम आदेश दिएको हो।

अर्थसंसार डट कमका प्रधान सम्पादक लिलानाथ घिमिरेले पत्रकारहरूलाई कोरोनाको खोप लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चले सरकारलाई १५ दिन भित्र अन्तरिम आदेश जारी नगर्नु पर्ने भए लिखित जवाफ पेश गर्नसमेत आदेश दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *