मुख्य समाचार

काठमाडौं उपत्यकामा एक साताको लागी निषेधाज्ञा लम्बियो, बार तोकेर पसल खोल्न दिने निर्णय,सवारीमा जोर-बिजोर लागु हुने

काठमाडौं । उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको भएको छ । आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि असार ७ जारी गरिएको निषेधाज्ञाको भोली सकिदैछ । एक साता थपिए सँगै अब १३ गतेसम्म कायम रहने छ । स्थानीय प्रशासनले बार तोकेर सबै प्रकारका पसल खोल्न दिने निर्णय गरेको छ । निजी सवारी साधन तथा ट्याक्सी पनि जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेटो विजोर बार चल्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । तर ट्याक्सी बाहेक अन्य सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।

त्यस्तै बार अनुसार सबै प्रकारका पसलहरु पनि खोल्न दिइने निर्णय गरिएको छ । आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन गर्न पाइनेछ । त्यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ । त्यस्तै गरी
सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न पाइनेछ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।

बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको छ । त्यस्तै खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्न पाइनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *