समाचार

फेरि काठमाडौं उपत्यकामा एक साता निशेधाज्ञा थपियो, हेर्नुहोस आदेश के सञ्चलन गर्न पाइन्छ के पाइदैन ?


काठमाडौं । काठमाडौं उपत्यकामा पुन एक साता निशेधाज्ञा थपिने भएको छ । आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले आर्थिक गतिविधि चलायमान हुने गरी निषेधाज्ञाको अवधि फेरि एक हप्ता थप्ने निर्णय गरेको हो ।

बैठकले निजी सवारी साधनलाई जोर बिजोर प्रणालीमा चलाउन दिने बैठकले निर्णय गरेको छ । निषेधाज्ञामा सार्वजनिक सवारी साधन भने चल्न पाउने छैनन । आइतबार, मंगलबार र बिहीबार विहन ११ वजेदेखि ४ वजेसम्म सुन, भाडाकुडा, आटो मोवाइल्स र विद्युतिय सामाग्रीका पसलहरु खुल्ने भएका छन । यसै गरी सोमबार, बुधबार र शुक्रबार विहान ११ देखि ४ बजेसम्म खेलकुद सामाग्री, कपडा, जुत्ता, साडी, फेन्सी, गिफ्ट, टेलरिङ र सपिङमल खुल्ने भएका छन । विकास र निर्माणको कामलाई थप खुकुलो बनाई सहज रुपमा चलन दिने निर्णय भएको छ ।
उपत्यकामा किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्याँसका पसल बिहान खुल्दै आएका छन ।
एक हप्ता अघि थप गरिएको निषेधाज्ञाको अवधि भोलि रातिबाट सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट