समाचार

पूर्व राज्यमन्त्री गुरुङद्वारा आइसोलेसनमा स्वास्थ्य सामग्री हस्तान्तरण

संखुवासभा । पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले चैनपुर स्थित मदन आश्रित प्रतिष्ठानमा सञ्चालित आइसोलेसनमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

आइतवार विहान चैनपुर पुगेका पूर्वराज्य मन्त्री गुरुङले आइसोलेसनमा अतिआवश्यक विद्युतिय सामग्री १ थान स्टेपलाइजर, १ हजार ३ सय थान सर्जिकल माक्स र २५ थान पिपिई सेट हस्तानतरण गरेका हुन । चैनपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण प्रसाद ढकाललाई सामग्री हस्तान्तरण गर्ने क्रममा आइसोलेसनमा अत्यावसेक परेको सामग्रीहरु अभाव परेको अवस्थामा पुन थप सहयोग गर्ने आश्वासन समेत गुरुङले दिएका थिए ।

५० वेड क्षमताकोे सो आइसोलेसनमा अहिले २१ जना महिला र १८ जना पुरुष गरि जम्मा ३९ जना कोभिड संक्रमित रहेको चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रका डा.रुपेश कर्णले बताए । ४ स्थानीय तह चैनपुर, धर्मदेवी, मादी, र पाँचखपन नगरपालिकाका कोभिड विरामीहरुको उपचार हुने यस आइसोलेसनमा सबैभन्दा बढी संक्रमित संख्या चैनपुरको रहेको स्वास्थ्य शाखा अधिकृत हिमाल ढकालले बताए ।


हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागका केन्द्रीय सदस्य एवं महाधिवेशन प्रतिनिधि कुमारबाबु अधिकारी, चैनपुर नगरपालिका वडा नंं. ६ को वडाध्यक्ष नेत्र बहादुर डाँगी ,नेपाली काँग्रेस संखुवासभा जिल्ला सह-सचिव राजेन्द्र घले, नेपाली काँग्रेस तरुणदल जिल्ला अध्यक्ष टकमान घललगायतको उपस्थिति थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट