ताजा समाचार

सेफ्टी ट्याङ्की भत्किएर दुईको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभा, खाँदबारी नगरपालिका –४ सेकाहामा सेफ्टी ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ । सेफ्टी ट्याङ्की भत्किएर खाँदबारी – ४ सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो ।
गम्भीर घाइते गुरुङ र राईको जिल्ला अस्पताल सङ्खुवासभामा आइतबार साँझ साढे ७ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले बताए। घाइते दुवैलाई स्थानीयवासीले तत्कालै उद्धार गरेर जिल्ला अस्पताल ल्याएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट